राष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन

राष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले पुशपतिनाथको दर्शन गरेकी छन् । मंगलबार हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन् ।

हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा, आराधना गरेकी हुन् । दर्शनका लागि पशुपतिनाथमा राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । 

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ । यस वर्ष पनि हिन्दु नारीले हर्षोल्लासका साथ तीज मनाइरहेका छन् ।

Logo