स्वतन्त्र उम्मेदवारहरुले घोषणा गरे लौरो अभियान, काे-कहाँबाट लड्दैछन् ?

स्वतन्त्र उम्मेदवारहरुले घोषणा गरे लौरो अभियान, काे-कहाँबाट लड्दैछन् ?

केन्द्रबिन्दु
0
Shares

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् । 

ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजित एक समारोहबीच स्वतन्त्र तथा वैकल्पिक उमेदवारहरुको तर्फबाट साझा चुनाव चिन्ह लोरो राखेर साझा घोषणा पत्र र साझा उम्मेदवारका लागि अभियान घोषणा गरेका हुन् ।  

स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा लडेका सुमन सायमीले अब काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । विद्या महर्जनले काठमाडौं -९ बाट उम्मेदवार हुने बताएकी छन् भने ई. रोहन कार्कीले काठमाडौं -२ तथा मधुसुदन पाठक ‘सिते बा’ले काठमाडौं-५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । 

साथै कास्की –२बाट सिरीष गुरुङ, रौतहट–१ बाट राहुल मिश्र, रुपन्देही -५ बाट भीष्म राणा, ललितपुर -३ बाट राजाराम तन्डुकार र भक्तपुर -२ बाट दर्‍हो स्तम्भ लोकेन्द्र चुनाव लड्ने भएका छन् । 

प्रदेशसभातर्फ-

  • गजेन्द्रकुमार भगत- उदयपुर- १ (क)
  • विनोद बजगाईँ- काठमाडौं- २ (क)
  • अनिलकुमार पाण्डे- महोत्तरी-२ (ख)
  • विजय कालिकोटे- सुनसरी १ (क)

Logo