काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । हाल प्रशासकीय अधिकृतमा सहसचिव वसन्त अधिकारीको सरुवा भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै अधिकारीसहित १० सहसचिवको सरुवा गरेका हुन्। अधिकारी साढे दुई वर्षयता संघीय मामिला मन्त्रालयका प्रवक्ता थिए। अधिकारी कर्मचारी प्रशाशनमा असल छवि बनाएका सहसचिव हुन्।
यसअघि महानगरको प्रमुख प्रशासकिय अधिकृत रहेका लोकनाथ पौडेल भने सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।





























प्रतिक्रिया