प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ ।

कार्यव्यवस्था परामर्श समितिमा मनोनयन तथा हेरफेर गर्ने आइतबारको बैठकको सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गर्नेछन् । 

यस्तै संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची पनि छ । सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित समितिमा सदस्य हेरफेर गर्नेछन् ।

Skip This
Skip This
Logo