‘निर्वाचन अघि वाममोर्चा बनाउन नसक्नु मुलुकका लागि ठूलो दूर्भाग्य’-नेता भुसाल

‘निर्वाचन अघि वाममोर्चा बनाउन नसक्नु मुलुकका लागि ठूलो दूर्भाग्य’-नेता भुसाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का नेता घनश्याम भुसालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि नै बाममोर्चा बनाउन नसक्नु मुलुकका लागि ठूलो दूर्भाग्य भएको टिप्पणी गरेका छन् । 

कम्युनिष्टहरुबीच मोर्चाबन्दी गरेर अघि नबढने हो भने आगामी ३/४ वर्ष भित्रै मुलुकमा ठूलो राजनीतिक उथलपुथल हुने र त्यसबाट कम्युनिष्टहरुले ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी समेत थियो ।  

आईतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै नेता भुसालले अहिले देखा परेको राजनीतिप्रतिको वितृष्णा, सत्ताप्रतिको वितृष्णा र दलहरुभित्रै रहेको उकुसमुकसलाई नजरअन्दाज नगर्न पनि राजनीतिक नेतृत्वलाई सचेत गराए । मुलुकलाई राजनीतिक संकटबाट रोक्ने हो भने बामपन्थीहरुबीच एकता गरेर अघि बढनुपर्ने उनको दोहो-याए । 

नेता भुसालले तत्कालीन नेकपालाई फुटाएर प्रचण्डलगायतका नेताहरुले दुुनियाँसामू नेपालको बेइज्जत गरेको जिकीर समेत गरे । उनले मञ्चमा रहनु भएका प्रचण्डलाई क्रमभंग गरेर भएपनि कम्युनिष्टहरुबीच एकता गर्न ढिलाई नगर्न आग्रह गरे । 

‘अस्ती संसद विघटन भएपनि नेपालको राजनीतिमा कमरेड प्रचण्डलाई मैले यो सम्झिनुसहै भन्न खोजेको हो । यो सुरु भएको छ है, राजनीतिप्रति वितृष्णा, सत्ताका प्रति वितृष्णा । राज्यको प्रतिको घृणा । यो चानेचुने कुरा छैन । यो २/४ वटा स्वतन्त्र आएमात्रै नभन्नुस । स्वयम् राजनीतिक पार्टीहरु भित्र आज यो उकुसमुकुस जुन छ, यो कुरालाई कसैले नजर अन्दाज नगरौं ।’ उनले भने, ‘म आगामी ३/४ वर्ष भित्रमा एउटा ठूलो उथलपुथल देख्छु यो क्षितिजमा । त्यसले कम्तिमा आजको राजनीतिको नीतिहिनता, विचारहिनता, मनपरीतन्त्र कम्तिमा यति चाँही लैजान्छ । त्यो चाँही राम्रै हुनेछ । तर, राजनीतिले त्यो भन्दा धेरै कुरा हामीबाट लिन्छ । आज बाँचेका, हामी राजनीति गरेका, सत्तामा रहेकाहरुले यसको जवाफ दिनुपर्ने हुनेछ । हामीसँग राजनीतिले ठूलो मूल्य लिँदैछ । कमरेड प्रचण्ड र अरु नेताहरु, हामी सबै यसलाई कसरी रोक्ने हो । यदि हामीले त्यो एकता नभत्काएको भए संसद विघटन गरेर यो दुनियाँका अगाडि बेइज्जति नगरेको भए यस्ता संकट थाम्ने नेपाली राजनीति बनेको थियो । अर्थनीति बन्दै थियो । यो चुनाव भन्दा अगाडि नै हामीले बाममोर्चा बनाउन सक्नुपर्थ्याे । दूर्भाग्य हो । ठूलो दूर्भाग्य हो ।’

उनले थपे- ‘मैले पटक पटक भनेको छु–पहिलो ठूलो दूर्भाग्य, पहिलो ठूलो पार्टी कम्युनिष्ट, तेस्रो ठूलो पार्टी केम्युनिष्ट, चौंथो ठूलो पार्टी, पाँचौं कम्युनिष्ट, सातौं कम्युनिष्ट, आठौं कम्युनिष्ट, सबै कम्युनिष्ट । आज हालत के भईराखेको छ ? कारण धेरै छन् । बाहिरबाट हेर्दा त मान्छेहरुले के देख्ने भो  भने समाजवाद ल्याउन के गर्नु पर्दो रहेछ भने भएकै संसद विघटन गर्नु पर्दोरहेछ । पार्टी फुटाउन पर्दोरहेछ । बाहिर बसेकोहरुले के । यो सारा बेईज्जति काम गर्नु पर्दोरहेछ । कमरेड प्रचण्ड, पटक पटक तपाईले भन्नु भएको छ क्रमभंगता, अव यो क्रमभंगता फेरी जरुरी भयो मुलुकमा चाँही ।  मुलुकमा ठूलो राजनीतिक उथलपुथल देख्छु मुलुकमा । त्यसलाई कमजोर नआँक्न आग्रह गर्दछ । यो नीतिहीनता, विचार हिनता, मनपरी तन्त्र कम्तिमा यो चाँही लैजान्छ र त्यो राम्रै हुन्छ । ’ 

नेता भुसालले संसद विघटन गरेर सुरु भएको नेपालको राजनीतिक संकट नेताहरु नमिल्ने हो भने झन गहिरिएर जाने समेत बताए । 

Logo