मन्त्रीलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्ड प्रहरी हिरासतमा, मुद्दा चलाउने तयारी

मन्त्रीलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्ड प्रहरी हिरासतमा, मुद्दा चलाउने तयारी

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न आग्रह गर्ने एकजना सुरक्षागार्ड प्रहरी हिरासतमा पुगेका छन् । 

शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा भिसा आवेदनका लागि बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई भिसा सेन्टरमा कार्यरत ‘ग्रुप फोर’ सेक्युरिटी कम्पनीसँग आवद्ध सुरक्षा गार्ड शेरजंग कुँवरले सेवाग्राहीहरु थुप्रै भएकाले लाइनमा बस्न आग्रह गरे । तर, मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्रेर दरबारमार्गको हिरासतमा राखेको छ । 

मन्त्रीको परिचय दिँदासमेत सुरक्षा गार्डले उल्टै दुर्व्यवहार गरेको भन्दै  मन्त्रालयले कारबाहीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । शुक्रबार नै गृहले पर्यटनको पत्र प्रहरी प्रधान कार्यालय पठाइदियो । त्यसपछि प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं प्रहरी परिसर हुँदै दरबार मार्ग वृत्तमा जाहेरी पत्र पुग्यो । त्यसकै आधारमा पक्राउ परेका सुरक्षा गार्ड कुँवरलाई वृत्तले अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको छ । 

Logo