कांग्रेसले ८०, माओवादीले ६० सिट आसपास पाउँछ : अध्यक्ष प्रचण्ड

कांग्रेसले ८०, माओवादीले ६० सिट आसपास पाउँछ : अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधि सभा निर्वाचनकाे सिट बाँडफाँटमा आफ्नो पार्टीले ६० सिट पाउने दाबी गरेका छन् । 

मंगलबार पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि धनगढी पुगेका अध्यक्ष प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सय सिट दाबी गरेको नेपाली कांग्रेसले ८० सिटमा सहमतिको प्रयास भैरहेको र माओवादी पनि ६० सिट वरिपरी सहमति गर्नेतर्फ उन्मुख रहेको बताएका हुन् । 

‘कांग्रेसले चर्चा गरिरहेको जस्तो १०० सिट भन्नुभएको छ । पछि ८० को वरिपरी आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौं । त्यसको वरिपरी मिलाउने हो ।’ उनले भने । 

त्यस्तै, एकीकृत समाजवादी र जसपाले पनि २५ सिटमा दाबी गरिराखेको स्थिति रहेको र यसलाई सबै पार्टीका प्रतिनिधि बसेर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रसम्म बसेर टुंगो लगाउने उनको भनाई छ । 

अध्यक्ष प्रचण्डले संघीय र प्रदेशका सबै निर्वाचन क्षेत्रको टुंगो शीर्ष तहबाट नै लगाउने गरी काम भइरहेको पनि जानकारी दिए । 

Logo