अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय नीति बनाउँदै सरकार

अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय नीति बनाउँदै सरकार

केन्द्रबिन्दु
0
Shares

सरकारले अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ। 

अतुल्य फाउन्डेशनले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो जानकारी दिएका हुन्।

उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा छलफल चलिरहेको पनि बताए। उनले समावेशी विपद् जोखिम न्यूनिकरण सम्बन्धी दुईदिने कार्यशाला गोष्ठीबाट निस्किएको निस्कर्षलाई पनि समेटेर राष्ट्रिय नीतिमा समावेश गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

सचिव शर्माले विपद्जन्य जोखिमको समस्यामा सबैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु पर्ने गरेको उल्लेख गर्दै उनीहरुलाई लक्षित गरेर नीति बनाउन लागेको बताए।

कार्यक्रममा अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरण सम्बन्धी जानकारीमुलक हातेपुस्तिका पनि विमोचन भएको छ। पुस्तक नेपाली, अंग्रेजी र बेल संस्करणमा विमोचन भएको हो।

पुस्तक विमोचनपछि अतुल्य फाउन्डेशनका अध्यक्ष पल्लभ पन्तले सरकारले अपनत्व ग्रहण गरेकोप्रति स्वामित्व लिएकोमा खुशी प्रकट गरे। 

Logo