‘दुई महिनाको पारिश्रमिकका लागि सांसदहरूले मरिहत्ते गरेका हुन् भन्ने बुझियो’ -गगन थापा

‘दुई महिनाको पारिश्रमिकका लागि सांसदहरूले मरिहत्ते गरेका हुन् भन्ने बुझियो’ -गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच्नुपर्ने बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि छलफलमा भाग लिँदै उनले प्रतिनिधिसभाको कार्यकालका विषयमा संविधानमै फर्केर निर्णय लिनुपर्ने उल्लेख गरे ।

‘देशमा राजनीति शान्त भएको समयमा यो विधेयक ल्याएको भए ठीक हुन्थ्यो । समयमै त्यो काम गर्नबाट चुक्यौं । स्थानीय निर्वाचनअघि स्थानीय सरकार, प्रदेश र संघीय संसदको कार्यकालबारे निर्णय गरेको भए हुन्थ्यो । तर हामीले गरेनौं । हामी यसमा चुक्यौं,’ उनले भने, ‘एउटा संसदबाट अर्को संसदमा जाँदा दुर्घटनाको अवस्था आउन सक्छ । संंसद खाली रहेको बेला दुर्घटना भयो भने के हुन्छ ? यसबारे पनि सबै एक ठाउँमा आउनुपर्छ ।’

सांसद थापाले एक दुई महिनाका लागि सेवासुविधा र पारिश्रमिक लिनका लागि अहिलेका सांसदहरूले मरिहत्ते गरेका हुन् भन्ने बुझाइ रहेको भन्दै संसदको प्रतिष्ठाका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए । उनले अन्तिम मत परिणाम आएपछि पुरानो संसद् विघटन र नयाँ संसद्को सुरु होस् भनी आफूले संशोधन हालेको जानकारी दिए ।

‘यो कसरी बाहिर प्रस्तुत भएको छ भने मानौं यो हामीहरु एक/दुई महिनाको पारिश्रमिक र सेवा, सुविधा लिने कुराको निम्ति हामी सबै महिहत्तै गरिरहेका छौं । त्यो नै सर्वाधिक महत्वको कुरो हो जस्तो गरिएको छ । कोही यहाँ पारिश्रमिक लिने पक्षमा छौं, कोही यहाँ नलिने पक्षमा छौं मानौं, एक दुई महिनाको तलवको लागि सांसदहरु मरिहत्ते गरिरहेका भन्ने ढंगलबाट यसलाई बाहिर बुझिएको छ, बुझाइएको छ । र, कतिपय सन्दर्भमा यो बुझ्दै गर्दाखेरी सरकारवालाहरुलाई मात्रै लागेको होला दोष भन्ने कतिलाई लाग्ला पनि । तर, कहिलेकाँही संसदको प्रतिष्ठाको लागि हामी एक ठाउँ उभिनुपर्छ । हामी उभिएनौं भनेदेखि त्यसको दाग हामी सबैलाई लाग्छ ।’ उनले भने । 

Logo