निलम्वित प्रधानन्यायाधीश राणाको मानसिक स्वास्थ्य परीक्षण गर्न माग

निलम्वित प्रधानन्यायाधीश राणाको मानसिक स्वास्थ्य परीक्षण गर्न माग

केन्द्रबिन्दु
0
Shares

सांसद गजेन्द्रबहादुर महतले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको मानसिक स्वास्थ्य स्थिति परीक्षण गर्न माग गरेका छन् । 

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद महतले महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका प्रधानन्यायाधीश राणाको मानसिक स्वास्थ्य स्थिति परीक्षण गर्न माग गरेका हुन् । समितिलाई दिएको बयानका क्रममा राणाले असान्दर्भिक व्यक्ति र विषयलाई जोडेर अभिव्यक्ति दिएकाले स्वास्थ्य स्थिति परीक्षण गर्न उनकाे माग थियाे ।

प्रधानन्यायाधीश राणाले बयानका क्रममा असान्दर्भिक व्यक्तिलाई लाञ्छना लगाइरहेकोसमेत उनले बताए । 
 

Logo