सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, शीर्ष नेतालाई आजै प्रतिवेदन बुझाउने

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, शीर्ष नेतालाई आजै प्रतिवेदन बुझाउने

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । कार्यदलले दलहरुले पाउने सिट संख्या आजै सार्वजनिक गर्ने तयारी गरेको छ । 

यसअघि मंगलबार साँझ बसेको कार्यदल बैठकले चुनावी तालमेल र सिट बाँडफाँड बुधबार नै टुङ्ग्याउने निर्णय गरेको छ । 

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति जुटाइएको बताइन्छ । कार्यदलको बैठक  साँझ ५ बजेका लागि बोलाइएको छ ।

Logo