जनार्दनले नेतृत्वको कुरा उठाएपछि प्रचण्डले भने- ‘तपाईंलाई हुर्काउन मेरो मुख्य भूमिका छ’

जनार्दनले नेतृत्वको कुरा उठाएपछि प्रचण्डले भने- ‘तपाईंलाई हुर्काउन मेरो मुख्य भूमिका छ’

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री तथा पार्टीका उपमहासचिव जनार्दन शर्मालाई हुर्काउन आफ्नो मुख्य भूमिका  रहेको बताएका छन् । 

बुधबार अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने ‘जनार्दनजीले जाँदा जाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईंहरुलाई भन्न चाहान्छु-जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा पनि सवैले बुझ्न जरुरी छ ।’ 

त्यसअघि सोही कार्यक्रममा शर्माले पार्टीको नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ भन्ने आफ्नो माग भएको बताएपछि अध्यक्ष प्रचण्डले सो जवाफ फर्काएका हुन् । 

अबको आफ्नो सपना पार्टीमा राम्रो उत्तराधिकारी तयार बनुन भन्ने रहेको उनको भनाई थियो । 

Logo