सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक शनिबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ ।
सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाइसकेकाे छ । बैठकबाट शीर्ष नेताले सिट बाँडफाँट गरी टुंगो लगाउने बताइएको छ । बिहीबार पनि दिनभर कार्यदल र शीर्ष नेताहरुबीच भएको छलफलमा सहमति हुन नसकेपछि आजका लागि बैठक सारिएको थियो ।





























प्रतिक्रिया