नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको बताएका छन् ।
शनिवार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताएका हुन् । शिक्षा दिनेसँगै सीप दिनेकामको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।
नेता सिंहले हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरुमा प्राथमिक उपचार गर्ने काम हुनुपर्ने र रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको बताए ।
उनले भने- ‘अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको छ । शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको छ । शिक्षा दिनेसँगै सीप दिनेकाम विकास गर्न आवश्यक छ । हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्था राख्नुपर्ने हुन्छ । देशभरका वडा कार्यालयका क्लिनिकहरुमा प्राथमिक उपचार गर्ने काम गर्नुपर्छ । रोजगारीको अवसर सिर्जना गर्न आवश्यक छ ।’





























प्रतिक्रिया