सचिवहरुको जिम्मेवारी हेरफेर, को-कहाँ पुगे ?

सचिवहरुको जिम्मेवारी हेरफेर, को-कहाँ पुगे ?

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषद् बैठकले केही सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र वाणिज्य मन्त्रालयका सचिव डा गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ । 

त्यस्तै, प्रदेश १ को प्रमुख सचिव रहेका विनोद सिंहलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायालाई वाणिज्य मन्त्रालयमा सरुवा गरिएको छ । रायाको स्थानमा सचिव रामप्रसाद घिमिरेलाई लगिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव ताराप्रसाद अधिकारीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ भने हाल विभागका महानिर्देशक रहेका प्रेमप्रसाद भट्टराईलाई प्रधानमन्त्रीकाे कार्यालयमा तानिएको छ । 

Logo