नेपाल भ्रमणमा रहेक चिनिया राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् ।
गत सोमबार ४ दिने नेपाल भ्रमणमा रहेको ली आएदेखि नै उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । उनले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । ६७ सदस्य प्रतिनिधि मण्डलको नेतृत्व गरी गत सोमबार आएका अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।































प्रतिक्रिया