नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली स्वदेश फर्किँदै

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली स्वदेश फर्किँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आज स्वदेश फर्किँदै छन् । 

उनि बिहान साढे ८ बजे सोल्टी होटलबाट एअरपोर्ट प्रस्थान गर्ने तालिका छ । यसका लागि बिहान सवा ८ बजेदेखि रविभवनदेखि एअरपोर्टसम्मको सडकमा गाडीको आवागमन प्रभावित हुनेछ । रवि भवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल र एअरपोर्टसम्म गाडीको आवागमन रोकिने छ । 

यो समयमा यो सडक प्रयोग गर्नेलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह छ । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पराराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरे ।

यस्तै, सभामुख अग्निप्रसाद सापकोटासँगको भेटका क्रममा नेपाल र चीनबीच संसदीय सहकार्य गर्ने अन्तरसंसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । उनिसँगको भेटवार्ताका क्रममा नेपालले सीमा नाका खुलाउन आग्रह गरेको छ । जवाफमा लीले तातोपानी र रसुवागढी नाका खोल्न चीन सकारात्मक रहेको बताए ।

गएको सोमवार ६७ जनाको टोलीको नेतृत्व गर्दै नेपाल आएका जनकंग्रेसका अध्यक्ष लीले हिजो बिहान भक्तपुर दरबार स्वायरको अवलोकन गरेका थिए । साथै अध्यक्ष लीले भेटवार्ताको क्रममा नेताहरुसँग एक चिन नितिप्रति नेपालको धारणाबारे चासो राखेका थिए । पछिल्लो समय अमेरिकी उपस्थिती नेपालमा बढेको भन्दै उनले नेताहरुसँग सो विषयमा चासो राखेका हुन् । 

Logo