‘कस्तो व्यक्तिलाई विश्वास गरेर पार्टी एकता गरेछु भनेर अहिले अचम्म लाग्छ’ -अध्यक्ष ओली

‘कस्तो व्यक्तिलाई विश्वास गरेर पार्टी एकता गरेछु भनेर अहिले अचम्म लाग्छ’ -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि घात गरेको बताएका छन्।

माओवादी चितवनका सहइन्चार्ज तथा केन्द्रीय सदस्य यमबहादुर परियारलगायतलाई पार्टी प्रवेशका लागि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफूले देश बनाउने उद्देश्यले गरेको पार्टी एकतामा प्रचण्डले घात गरेर बहुमतका आधारमा आफैंलाई हटाउन खोजेको बताएका हुन् । 

‘कस्तो व्यक्तिलाई मैले विश्वास गरेर पार्टी एकता गरेछु अहिले अचम्म लाग्छ । अध्यक्ष बनाउँदै नजिक राखेँ। मैले दिएको बहुमत मविरुद्ध नै प्रयोग गर्न खोजे, मलाई नै निकाल्न तम्सिए ।’ उनले भने । प्रचण्डले घात गरेपछि नयाँ ढंगले पार्टी अघि बढेको उनले बताए । उनले अहिलेको एमाले प्रचण्ड गुटबाहेकको नेकपाकै निरन्तरता रहेको दृष्टान्त पनि राखे । 

माओवादी पार्टी अब प्रचण्डको नेतृत्वमा सानो केन्द्रमात्र बाँकी रहेको अध्यक्ष ओलीको टिप्पणी छ । 

Logo