अछाम पहिरोमा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको व्यवस्था मिलाउन नेता रावलको आग्रह

अछाम पहिरोमा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको व्यवस्था मिलाउन नेता रावलको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भिमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । 

शनिबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएराति आएको पहिरोमा पुरिएर १६ जना भन्दा बढिको ज्यान गएको र ठूलै धनमालको क्षति भएको उल्लेख गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका हुन् । 

त्यस अवसरमा उनले बाटो पहिरोले अवरुद्ध भएकाले नेपाली सेनाको हेलिकप्टर परिचालन गरि घाइतेहरुको उपचारका लागि चिकित्सकहरुको टोली परिचालन गर्न सरकारलाई सचेत गराए । 

नेता रावलले विपद्को यस घडीमा अछाम जिल्लाका पहिरो पीडितलाई राहत र उद्धारको काममा कमी हुन नदिन पनि सरकार गम्भिर हुने विश्वास व्यक्त गरे । ‘अहिले त्यहाँ लत्ताकपडा, भाडाकुँडा र घाईतेहरुको औषधिउपचारको अत्यन्त ठूलो खाँचो छ । त्यसका लागि म पुनः त्यहाँ जुन प्रकारको प्राकृतिक विपत्ति आएको छ । त्यसलाई एकदमै गम्भिर रुपमा लिएर हेलिकप्टरबाट त्यहाँ सामानहरु पु-याउने, राहत र उद्धारको कामलाई तदारुपताका साथ गर्ने र चिकित्सकहरु पनि मैले थाहा पाएसम्म मंगलसेन अस्पताल र त्यहाँ उपलब्ध जस्तो अवस्था छ । त्यहाँ जान पनि कतिपय ठाउँमा बाटो अवरुद्ध भएको कारणले गर्दा घाइतेहरु भएको ठाउँमा पुग्न धेरै कठिन छ ।’ उनले भने, ‘त्यसकारण सेनाको हेलिकप्टरबाट चिकित्सकहरुको टोली त्यहाँ पठाइयोस् भन्ने कुरा पनि म माग गर्न चाहन्छु । स्थानीय प्रशासनसँग बुझ्दा राहत र उद्धारका लागि लत्ताकपडा, भाडाकुँडा जति आवश्यक पर्ने हो, त्यहाँ पर्याप्त छैन । त्यसका लागि समेत त्यहाँ तत्काल पठाइएन भने जो व्यक्तिहरु घाइते हुनु भएको छ । उहाँहरुलाई पनि बचाउन त्यसबाट कठिन हुन्छ । किनभने कतिपय ठाउँमा पहिरोका कारण बाटो अवरुद्ध भएको हुनाले त्यहाँ सुरक्षाकर्मीहरु पुग्न धेरै कठिन भएको छ । त्यसकारण यस्तो विपदको बेलामा हामी आज अन्तिम अवस्थामा पनि छौं । यसतर्फ म नेपाल सरकार र गृहमन्त्रीको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

Skip This
Skip This
Logo