‘नजरबन्द’मा राखेको प्रतिक्रियापछि मानवअधिकार आयोगको टोली पुग्यो जबरा निवासमा

‘नजरबन्द’मा राखेको प्रतिक्रियापछि मानवअधिकार आयोगको टोली पुग्यो जबरा निवासमा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा पुगेको छ ।

जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो । ‘प्रधानन्यायाधीशलाई घरबाट बाहिर निस्किन दिइएन भन्ने कुरा आयो, त्यसैले के भएको रहेछ भनेर बुझ्न हाम्रो टोली उहाँको निवासमा गएको हो,’ राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले केन्द्रबिन्दुसँग भने । 

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाअभियोग निष्क्रिय भएको जनाउँदै उनले आजबाट काममा फर्कने तयारी गरेका थिए । 

तर, सरकारले भने उनलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षा कर्मी उनको निवासमा खटाएको छ  र उनलाई घरबाट बाहिर निस्कन नदिएको बताइएकाे छ । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।  

Logo