माओवादीको बन्दसूचीमा बाबुरामका पाँच जना अटाए

माओवादीको बन्दसूचीमा बाबुरामका पाँच जना अटाए

केन्द्रबिन्दु
0
Shares

मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीमा डा. बाबुराम भट्टराईको दलबाट पाँच जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश भएको छ ।

नेकपा माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेका नेपाल समाजवादी पार्टीका पाँच जना बन्द सूचीमा समावेश भएका छन् । 

माओवादीले ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । त्यसमा बाबुरामको दलका ५ जना समावेश गरिएका छन् । सूचीमा समावेश भएका नाम भने खुलाइएको छैन ।

‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट नेपाल समाजवादी पार्टी डा. बाबुराम भट्टराईको साझा प्रतिनिधि सभातर्फ ११० जनाको प्रदेश सभातर्फ २२० जनाको सूची पेस गरिएको छ । त्यसमा बाबुराम भट्टराईजीको नेतृत्वको ५ जना र १०५ जना (माओवादी केन्द्र) को गरेर ११० जनाको सूची प्रस्तुत गरेका छौँ ’ माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने । 
 

Skip This
Skip This
Logo