जागिर खाने हाेइन, स्वराेजगार बनाउने शिक्षामा जाेड दिऔँ -मन्त्री राई

जागिर खाने हाेइन, स्वराेजगार बनाउने शिक्षामा जाेड दिऔँ -मन्त्री राई

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले बजारमा बिक्ने खालको जीवन उपयोगी शिक्षामा जोड दिनु पर्ने बताएका छन् ।

उदयपुरमा आयाेजित कार्यक्रममा उनले शिक्षाविना देश विकास नहुने तर आजको आवश्यकताकाे आधारमा शिक्षा लिनु पर्ने बताएका हुन् । उनले आजकाे आवश्यकता भनेकाे प्राविधिक शिक्षा रहेकाे बताए ।

त्रियुगा नगरपालिका–१२ बरुवा क्याम्पसकाे पुस्तकालय भवन शिल्यान्यास गर्दै उनले शिक्षा जागिर खाने खालको भन्दा पनि स्वरोजगार बन्ने खालकाे शिक्षा देशलाई आवश्यक रहेकाे बताए । शिक्षाले पढाउने भन्दा पनि सिकाउने वा प्रयोगमा आउने शिक्षामा जोड दिनु पर्ने बताए ।

मन्त्री राईले गुणस्तरीय शिक्षाले नै समृद्ध बनाउने भएकाले शिक्षाको नीतिगत रुपमा सुधार गर्नु आवश्यक रहेको औंल्याए । त्यसका लागि संघीय शिक्षा ऐन निर्माणमा भएको ढिलाईले  प्रदेश शिक्षा ऐन तथा निति निर्माणमा पनि ढिलाई भएकाे उनकाे भनाइ छ । उनले भने, 'उदयपुरलाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने भएकाले त्यसका लागि प्रदेश सरकार लाग्नेछ ।' 

त्रियुगा नगरपालिका निवर्तमान नगर प्रमुख तथा बरुवा क्याम्पसका अध्यक्ष बलदेव चौधरीले क्याम्पसलाई नमूना क्याम्पसको रुपमा विकास गर्ने योजना रहेको बताए । 

Skip This
Skip This
Logo