शेखर समूहको ‘खबरदारी सभा’ सुरु, शीर्ष नेताहरू नै अनुपस्थित

शेखर समूहको ‘खबरदारी सभा’ सुरु, शीर्ष नेताहरू नै अनुपस्थित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस संस्थापनइतर समूहले आयोजना गरेको खबरदारी सभा सुरु भएको छ ।  थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा शनिबार डा. शेखर कोइराला समूहले ‘खबरदारी सभा’ आयोजना गरेको हो । भेला केही ढिला गरी सुरू भइसकेकाे छ । 

भेलामा केन्द्रीय सदस्य, जिल्ला सभापति, उनी पक्षीय भ्रातृ संस्थाका नेता र ४ मंसिरको चुनावमा उम्मेदवारको आकांक्षी रहेका नेताहरु सहभागी छन् ।

तर, शेखर समूहकै शीर्ष नेता उपस्थित छैनन् । समूहका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका समूहका शीर्ष नेता नै भेलामा उपस्थित छैनन् ।

भेलामा नेताहरुले आफ्नो समूहले पार्टीको समानुपातिक र प्रत्यक्षतर्फको टिकटमा कम्तीमा ४० प्रतिशत पाउनु पर्ने माग राखेका छन् । टिकट वितरणमा एकलौटी गरिए चुनावमा भाग नलिने चेतावनीसमेत दिएका छन् । 

भेलाको अध्यक्षता गरेका नेता तथा पूर्व सांसद जगदीश नरसिंह केसीले भनेका छन्- ‘कांग्रेसमा ६०/४० को सुरुवात शेरबहादुर देउवाले थालनी गरेको हो । उहाँले गिरिजाप्रसाद र सुशील कोइरालासँग ४० प्रतिशत लिनुभएको हो । अहिले पनि सम्मानजनक रूपले समानुपातिक र प्रत्यक्षमा टिकट नपाउने हो भने देउवा पक्ष निर्वाचनमा एक्लै लडे हुन्छ ।’ 

Skip This
Skip This
Logo