मकवानपुरमा तीन लाख ७३३ मतदाता कायम

मकवानपुरमा तीन लाख ७३३ मतदाता कायम


मकवानपुरमा पाँच हजार बढी मतदाता थपिएका छन् । 

यो सँगै आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको लागि तीन लाख ७ सय ३३ मतदाता पुगेका छन् । गत स्थानीय तहको निर्वाचनमा दुई लाख ९४ हजार ९ सय १९ जना मतदाता रहेकोमा पाँच हजार ८ सय १४ मतदाताको सङ्ख्या बढेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । 

मकवानपुरमा एक लाख ५३ हजार ५ सय २८ जना पुरुष, एक लाख ४७ हजार २ सय महिला र ५ जना अन्य मतदाता रहेका छन् । मकवानपुरमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि एक सय ६७ वटा मतदान स्थल तथा तीन सय ६४ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । 

कार्यालयको अनुसार १५ असोज २० गते भित्र २ वटा प्रतिनिधि सभा क्षेत्र रहेको मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।

Logo