कैलाली कांग्रेसमा लफडाः बलाएरले टिकट पाएको चर्चा, नछोड्ने भण्डारीको दाबी

कैलाली कांग्रेसमा लफडाः बलाएरले टिकट पाएको चर्चा, नछोड्ने भण्डारीको दाबी

केन्द्रबिन्दु
0
Shares

कैलाली क्षेत्र नम्बर–४ मा प्रतिनीधि सभा निर्वाचनको टिकट कसले पाउने भन्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएको छ ।

नेपाली कांग्रेसका सभापति बीरबहादुर बलायर डोटी छोडेर कैलाली–४ मा आउने चर्चा छ । तर कैलाली–४ बाटै उम्मेदवारी दिने तयारी गरेका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनिल भण्डारीले भने आफू नछोड्ने बताएका छन् ।

भण्डारीले कैलाली–४ बाहेक अन्त नजाने बताएका हुन् । उनले प्रत्यक्ष बाहेक अन्य नियुक्तका पदमा पनि नबस्ने र राष्ट्रिय सभामा पनि आफू नजाने बताए ।
 
कैलाली–४ का विषयमा अन्य व्यक्तिले टिकट पाएको भन्ने समाचार आएको भन्दै उनले हालसम्म टिकटको टुङ्गो नलागेको र आफू नै सो क्षेत्रबाट उम्मेदवार बन्ने बताए । कैलाली–४ बाट संघीय निर्वाचनमा आफ्नो सिफारिष भएको हुँदा टिकट पाउने अपेक्षा पनि रहेको उनले बताए । तर टिकट नपाएको अवस्थामा के गर्ने भन्ने बारेमा भने अर्को भेटमा कुरा गर्ने उनले बताए । 

‘म अहिले ७१ बर्षको भएं’ बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसैले अर्को चुनाव लड्ने मनस्थितीमा छैन, उम्मेरले पनि साथ दिंदैन, यस पटक अन्तिम उम्मेदवार बन्ने छु, उम्मेदवारी कैलाली–४ बाटै हुने छ ।’ कैलाली–४ बाट टिकट नपाए के गर्ने भन्ने बारेमा अर्को पत्रकार सम्मेलन मार्फत जानकारी दिने बताए ।  

भण्डारी २०७४को निर्वाचनमा तत्कालिन बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखराज भट्टसँग पराजित भएका थिए । निर्वाचनमा पराजित भएपनि त्यस पछि निरन्तर जनतासमक्ष गएको र आफुले जित्ने माहोल बनाएको उनको दावी छ ।

टिकटका बारेमा आफुले कांग्रेस सभापति शेरबहादुर देउवासंग कुरा गरेको भएपनि ढुक्क भने नभएको उनी बताउँछन् । ‘टिकटका विषयमा मैले सभापतिसंग १–२ पटक भेट गरेको थिएँ,’ भण्डारीले भने, ‘उहाँले विचार गरौंला भन्नु भएको थियो, तर हुन्छ भन्नु भएन, टिकट पाउनेमा ढुक्क छु ।’

पार्टीले उम्मेदवारको टुङ्गो नलगाइसकेका वेला विभिन्न अफवाह फैलाएर मतदातालाई भ्रममा पार्ने काम गरिएको उनको आरोप छ ।
पाँच दलिय गठबन्धनको टिकट बाँडफाँडको समहति अनुसार कैलालीमा कंग्रेसले ३ निर्वाचन क्षेत्र पाएको छ । कैलाली क्षत्र नम्बर–२, ४ र ५ मा कांग्रेसले सिट पाएकोमा कैलाली–४ बाट कांग्रेसका प्रदेश सभापति बिरबहादुर बलायरलाई उम्मेदवार बनाइने सम्भावना प्रबल रहेको कांग्रे नेता बताउँछन् । 

बलाएरले आफुले कैलाली–४ बाट टिकट पाउने निश्चित भएको भन्दै सहयोगका लागि विभिन्न माध्यामबाट अपिल समेत गरिरहेका छन् ।

टोडीमा एकिकृत समाजबाटीका तर्फबाट प्रेम बहादुर आलेले टिकट पाउने निश्चित भएपछि कांग्रेस प्रदेश सभापति बलाएर कैलाली–४ बाट चुनाव लड्न लागेका हुन् ।

Skip This
Skip This
Logo