नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् ।
अमेरिकी बिदेश मन्त्रालयका अनुसार शुक्रवार थम्प्सन नियुक्ती भएसँगै आफ्नाे चार वर्ष कार्यकाल पूरा गरी र्यान्डी बेरी भने आइतबार स्वदेश फर्कँदै छन् । २५ अक्टोबर २०१८ मा ओहदाको प्रमाणपत्र प्राप्त गरेका राजदूत र्याण्डी बेरीको कार्यकाल सकिएको हो। उनले नेपालमा विदाई भेटघाट गरिरहेका छन्।
थम्प्सन कहिले नेपाल आउने हो ? त्यो भने टुंगो लागेको छैन । उनी यसअघि अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला ब्युरोफका उपसहायक सचिव थिए। थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ।





























प्रतिक्रिया