गठबन्धनले लोसपासँग मधेस प्रदेशमा मात्रै चुनावी तालमेल गर्ने, ८ सिट दिने

गठबन्धनले लोसपासँग मधेस प्रदेशमा मात्रै चुनावी तालमेल गर्ने, ८ सिट दिने


सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग मधेस प्रदेशमा मात्रै चुनावी तालमेल गर्ने भएको छ । 

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ८ र प्रदेशसभातर्फ १६ सिट लोसपालाई दिने सहमति भएको बैठकमा सहभागी लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । 

जनता समाजवादी पार्टी (जसपा)ले एमालेसँग तालमेल गरेपछि गठबन्धनमा लोसपाले प्रवेश पाएको हो । गठबन्धनमा लगभग सिट बाँडफाँट टुंगिसकेको छ ।  सहमतिअनुसार माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ स्थान प्राप्त गर्ने छन् । १६५ निर्वाचन क्षेत्रमध्ये बाँकी ९८ स्थानमा कांग्रेस र लोसपाबिच भागबन्डा हुने भएको हो । 

Logo