नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्यको टिकट पाएका छन् ।
पौडेलले आफ्नो गृह जिल्ला तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने तयारी गरेका थिए । तर उनलाई कांग्रेसले काठमाडौंमा उम्मेदवार बनाएको हो ।
अब सो क्षेत्रमा पौडेलले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यसअघिको निर्वाचनमा कांग्रेसका डा. प्रकाशशरण महतलाई पराजित गर्दै पोखरेल विजयी भएका थिए ।
यस क्षेत्रबाट रञ्जु दर्शनाले पनि स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।





























प्रतिक्रिया