बाबुराम र नारायणकाजीलाई दायाँबायाँ राखेर गोरखातर्फ लागे प्रचण्ड

बाबुराम र नारायणकाजीलाई दायाँबायाँ राखेर गोरखातर्फ लागे प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार दर्ताका लागि गोरखातर्फ लागेका छन् ।

अध्यक्ष प्रचण्ड गोरखा २ बाट मनोनयन दाखिला गराउन यसअघि त्यहाँबाट चुनाव जित्दै आएका डा. बाबुराम भट्टराईलाई साथै लगेर गएका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् आफूहरु गोरखा जान लागेको भन्दै आफूसँगै अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठको सामूहिक तस्विर सार्वजनिक गरेका हुन् । 

‘गोरखा-२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न संगै गोरखातिर लागियो। उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो। सबैको साथ र सहयोगको अपेक्षा !’ भट्टराईले ट्वीट गर्दै पनि भनेका छन् । 

चितवन -३ छाडेर अध्यक्ष प्रचण्ड गोरखा -२ मा उम्मेदवार बन्न लागेका हुन् । २०६४ सालमा रोल्पा–२  र काठमाडौं–१० वाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौं–१० वाट पराजित हुँदा सिरहा–५ वाट विजयी भएका थिए भने २०७४ मा चितवन–३ वाट निर्वाचित भएका थिए ।

Logo