राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् ।
आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको बताएकी उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन् । थापाले उम्मेदवारी दिएको मोरङ ३ मा एमालेका भानुभक्त ढकालले टिकट पाएका छन् ।
उम्मेदवारी दर्तापछि थापाले फेसबुकमा लेखेकी छन्-
मेरो राजनीतिक यात्रा समयको माग हो , आज मोरङका जनताको सेवाका लागी , विगत ३० बर्ष देखि संसदमा पुगेका दलका नेताहरुले मोरङबासीका लागी गरेको काम हेर्दा , समाजले एउटा नेतृत्ववाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो । अब पनि हामी नबोले, आमीले आवाज नउठाए कस्ले उठाउछ ? देश बनाउन् कसम खाएका नेताहरुले देश त परै जावस आफ्नो समाजको लागी सम्म पनि उत्तरदायी बन्न् किन सकेनन ? किन हामी मोरङवासी सधै देशको, राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परेका छौं त ? यस्तै तमाम समस्याले गर्दा मैले, मोरङ क्षेत्र नं ३ वाट युवा विद्रोहको रुपमा उमेद्वारी दिएकी छु । रंगमन्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो अव नेपाली समाजको , मोरङबासीको, आमाहरु अनि छोरीहरुका लागी विशेष योजना सहित विशेष काम गर्ने छु ।
यसपटक पैसाले भोट किन्ने प्रथाको अन्त्य हुनेछ । यसपटक जनतालाई झुट बाेलेर संसद बन्ने प्रथाको अन्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरु सहित तपाईको विचमा आफुलाई उभ्याउने छु । यसपटक मोरङले राजनीतिक उच्च चेतना प्रदशन गर्नेछ, मोरङबासी राजनीतिक दाश होइनन, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन्, भनेर गतिलो जवाफ दिनेछन भन्ने विश्वासका साथ संसदीय इतिहासमा मोरङले परिर्वतनका लागी विद्रोह गर्दैछ , त्यो चेतनसिल विद्रोहमा मा सम्पुर्णआमा वुवा दाजुभाई दिदिबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधैं उच्च सम्मान गर्ने छु । मोरङबासीको जित सुनिश्चित छ ।





























प्रतिक्रिया