नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । आईतवार दिउँसो टोखास्थित निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।
त्यसपछिको सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता पौडेलले संघीय राजधानी, राजधानी जस्तो नभएकाले राजधानी बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले मुलुकलाई स्थिरता र सुशासन दिनका लागि आफ्नो उम्मेदवारी भएको बताए ।
उनले भने, ‘यो राजधानीको केन्द्र हो, यहाँ हुने गतिविधिले देशलाई सन्देश प्रवाह गर्छ । यो मुलुकमा सुशासन कायम गर्नको निम्ति कतै खोट नदेखिने गरेर काम गर्नेछौँ । शुसाशन कायम गर्ने, भ्रष्टाचार शुन्य गर्ने, नागरिकको विकासका लागि हामी काम गर्नेछौँ । राजधानी राजधानी जसरी विकास हुन सकेको छैन । हामीलाई प्रतिनिधि बनाउँदा जनतालाई पछुताउनुपर्ने अवस्था आउने छैन ।’
सो क्षेत्रमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले उम्मेदवारी दर्ता गराइसकेका छन् । साथै काठमाडाैं क्षेत्र नम्बर ५ बाट नै स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना र कलाकार मधुसुदन पाठक 'सिते बा'ले पनि स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् ।































प्रतिक्रिया