सञ्चारमन्त्री कार्कीले सुनसरी -४ बाट गराए मनोनयन दर्ता

सञ्चारमन्त्री कार्कीले सुनसरी -४ बाट गराए मनोनयन दर्ता

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभातर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका हुन् । 

नेपाली काँग्रेसका नेतासमेत रहेका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा पुगेर मनोनयन दर्ता गराएका हुन् । नेपाली काँग्रेसका तर्फबाट सुनसरी ४ मा दोस्रो पटक उम्मेद्वारी दिएका कार्की एमालेका जगदीश कुसियतसँगको प्रतिष्पर्धामा छन् । 

मनोनयन दर्तापश्चात संचारकर्मीहरु संक्षिप्त कुराकानी गर्दै कार्कीले मुलुकको विकास र समृद्धिको चाहना पूरा गर्न निर्वाचन अपरिहार्य रहेको बताए । सत्ता गठबन्धनबाट जसपा बाहिरिएको प्रशंग कोट्याउँदै कार्कीले जसपाको ठाउँमा लोसपाको इन्ट्री भएको बताए । 

उनले भने- ‘जसपा केही समस्या देखाएर बाहिरिएको छ । तर अहिलेको आवश्यकता हेरेर हामी अघि बढेका छौं । सोही अनुरुप लोसपासँग चुनावी तालमेल भएको छ । गठबन्धन मुलुकका लागि आवश्यक छ । निर्वाचनपछि पनि कायम रहने छ । उनले थपे, मुलुकलाई राजनैतिक स्थिरताको खाँचो छ । त्यसैले गठबन्धनको आवश्यकता छ ।’ 

Skip This
Skip This
Logo