चितवन -३ बाट एमालेले उम्मेदवारी फिर्ता लिँदै, कांग्रेसका बागीलाई समर्थन गर्ने

चितवन -३ बाट एमालेले उम्मेदवारी फिर्ता लिँदै, कांग्रेसका बागीलाई समर्थन गर्ने

केन्द्रबिन्दु
0
Shares

चितवन क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)ले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी फिर्ता लिने भएको छ । बुधबार एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका हुन् ।  

अब एमालेले सोही क्षेत्रबाट उठेका नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने तयारी गरेको छ ।  तर, सो क्षेत्रमा एमालेका न्यौपाने नै लोकप्रिय उम्मेदवार रहेको र  उनको उम्मेदवारी फिर्तांपछि असन्तुष्टि बढेको छ । 

सो क्षेत्रबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी, कांग्रेसबाट कारबाहीमा परेका जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । साथै राप्रपाबाट विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिता बरालले उमेदवारी दिएकी छन् ।  

Skip This
Skip This
Logo