बागी उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई कांग्रेसले गर्‍यो निष्कासन

बागी उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई कांग्रेसले गर्‍यो निष्कासन


नेपाली कांग्रेसले आगामी प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिनेलाई पार्टीबाट निष्कासित गरेको छ । 

बुधबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै विधानको धारा ३४ (४) (क) अनुसार बागी उम्मेदवारसहित समर्थक र प्रस्तावकलाई ५ वर्षका लागि पार्टीबाट सदस्य समेत नरहने गरी निष्कासित गरिएको जानकारी दिएका हुन् ।  

गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । सो अवधिमा केहीले बागी उम्मेदवारी फिर्ता लिए पनि अधिकांश प्रभावशाली नेताहरुले भने फिर्ता लिएनन् । उनीहरुलाई कांग्रेसले पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा ३४ (१) (घ) उल्लघंन गरेको भन्दै कारवाही गरेको हो । 

विज्ञप्ति-

Logo