आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाई शुरु

आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाई शुरु

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट नै शुरु गर्ने जनाएको छ । बिहीवार सञ्चारमाध्यमहरुसँगको कुराकानीमा आयोगले यस्तो बताएको हो । 

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट शुरु गर्ने बताए । उनले समानुपातिक तर्फको मतपत्र छपाई कार्यक्रम जारी रहेको प्रत्यक्षतर्फको मतपत्र छपाई आजबाट शुरु गर्ने बताए । उनले भने, ‘मतपत्र छपाई गर्ने कार्यक्रम निरन्तर जारी छ, आजबाट प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट नै शुरु हुन्छ ।’

रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी किन खारेज भएको ? भन्ने सञ्चारकर्मीको प्रश्नमा निर्वाचन आयुक्त भुसालले यसको निर्णय निर्वाचन अधिकारीको हातमा रहेको उल्लेख गरे । उनले उम्मेदवार दिएको व्यक्ति योग्य हो वा होइन भन्नेकुराको निर्णयको अधिकार निर्वाचन अधिकृतलाई रहेको भन्दै निर्णय भइसकेको कुरालाई आयोगले क्षेत्राधिकार मिचेर यही हुनुपर्छ भन्न नमिल्ने बताए ।  

उनले भने, ‘रुपन्देहीमा डा. निकोलस भुसालको उम्मेदवारी खारेज भएको छ । यो निर्णय त्यहाँको निर्वाचन अधिकारीले गरेको हो । उहाँले पनि कानून नै हेरेर गर्नुभएको होला । को उम्मेदवार कायम गर्ने र को उम्मेदवार खारेज गर्ने वा अयोग्य व्यक्तिहरु म योग्य छु भनेर त्यहाँ पेस भएकी भएनन् भनेर सम्पूर्ण हेर्ने क्षेत्राधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई नै हुन्छ । सम्बन्धित निर्वाचन अधिकृतले कोही व्यक्ति अयोग्य छ भनेर निर्णय गरिसकेको छ भने यो योग्य छ, यसरी गर् भनेर हामीले भन्न मिल्दैन । आयोगले त्यस्तो भन्दैन । यदी कुनै कानूनी रुपमा उपचार खोज्न आयो भने उपचारको प्रक्रिया अर्कै हो । त्यसको आधिकारिकता सबै फाइलहरु पनि आइसकेको छैन ।’ 

उनले अगाडि थपे, ‘हामीसँग आएर त्यो फाइलहरु हेरेर के छ भन्नेकुरा हामी एउटा अवधारणा बनाउँला । तर यो विषय निर्वाचन अधिकृतले निर्णय गरिसकेको विषय अब कानूनले कि अदालतको क्षेत्राधिकार भन्ला । कि आयोगको क्षेत्राधिकार भन्ला । कानूनले जहाँ क्षेत्राधिकार निर्धारण गरेको छ, उपचार त्यहीँ खोज्न जानुपर्छ । सो भन्दा बाहेक । त्यसैले हामीले सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत भनेको न्यायाधीश नै हुनुहुन्छ । निर्वाचन अधिकृत भनेको सबै अदालतका उपसचिवहरु हुनुहुन्छ । उहाँहरु लामो समय अदालतको प्राक्टिसमा अभ्यस्त भएको मानिस हुनुहुन्छ । त्यसो भएकाले प्रमाण संकलन, मूल्यांकन गर्ने, प्रमाणको विश्लेषण गर्ने र त्यो प्रमाणको विश्लेषण गरी एउटा निचोडमा पुग्ने काम उहाँहरुले गर्नुहुन्छ ।’  
 
निर्वाचन आयुक्त भण्डारीले सरकारको कोष वा सरकारको लगानी रहेको विभिन्न संस्था, निकायहरुको कोषबाट रकम बुझ्ने व्यक्तिहरुलाई आयोगले उम्मेदवारको लागि योग्य ठहर गर्न नसक्ने बताए ।

प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ मा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका डा. भुसालको उम्मेदवारी खारेज भएको थियो । उनीबिरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो ।

Logo