प्रभु साह एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

प्रभु साह एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।

शुक्रबार एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन् । साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निकालिएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट टिकट लिएर अन्तिममा साहले  रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । निर्वाचनको मुखमा मधेसमा एमालेलाई राजनीति धक्का दिनेगरी साहले गतिविधि गरेको भन्दै उनीमाथि कारबाही गर्नुपर्ने दबाब नेतृत्वमाथि बढिरहेको थियो । 

साथै, एमालेले मधेस प्रदेशको सहइन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई दिएको छ । एमालेले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही नेता पार्टीविरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी पनि विघटन गरेको छ ।

विज्ञप्ति-

Avatar

Avatar

 

Skip This
Skip This
Logo