नेकपा विवाद : सचिवालयमा नेपालको बेग्लै एजेन्डा, वामदेवको असन्तुष्टि

नेकपा विवाद : सचिवालयमा नेपालको बेग्लै एजेन्डा, वामदेवको असन्तुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपा सचिवालय बैठकमा पार्टी समस्या समाधानका लागि गठित कार्यदल अनुमोदन मात्रै एजेन्डा भए पनि वरिष्ठ नेता माधवकुमार नेपालले भने दोस्रो एजेन्डा पनि छलफलका लागि प्रस्ताव गरेका थिए । उनले विश्वमा देखिएको कोरोना महामारीले नेपालमा पनि ठूलो क्षति पुर्‍याइरहेकाले यसको रोकथाम र नियन्त्रण तथा प्राकृतिक विपत्मा केन्द्रदेखि स्थानीय तहसम्मका सरकार र जनप्रतिनिधिले खेलेको भूमिकाबारे अध्ययन गर्न पार्टीले बेग्लै कार्यदल बनाउनु पर्ने भन्दै छलफलका लागि प्रस्ताव गरेका थिए ।

उनले त्यसका लागि पार्टीको प्राकृतिक विपत् व्यवस्थापन विभागका प्रमुख डा. गंगालाल तुलाधरको संयोजकत्वमा आवश्यकता अनुसार सम्बन्धित विज्ञहरूलाई पनि सदस्य राखेर कार्यदल बनाउन सकिने भन्दै अर्को एजेन्डाका रूपमा छलफल गर्न माग गरेका थिए । नेपालको प्रस्तावलाई प्रचण्डसहित खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सकारात्मक भन्दै पहिले पार्टीद्वारा गठित कार्यदलले प्रतिवेदन बुझाएपछि अर्को बैठकमा छलफल गरेर निर्णयमा जान उपयुक्त हुने जवाफ दिएको नेताहरूको भनाइ छ । नेपालले संयोजक प्रस्ताव गरेका तुलाधरले जापानबाट प्राकृतिक विपत्तिका सम्बन्धमा विद्यावारिधि गरेका छन् ।

बैठकमा उपाध्यक्ष वामदेव गौतमले भने पार्टी कमिटी असफल भएको सन्देश जाने गरी कार्यदल बनाइएको भन्दै आपत्ति जनाएका थिए । गौतमले अध्यक्षहरूले चाहे अनुसार कार्यदल बनेको र व्यक्तिगत हिसाबले नै सुझाब लिन खोजेको हो भने सचिवालयमा बहस र छलफल गर्नुको औचित्य नै नरहेको धारणा राखेका थिए । नयाँ पत्रिकाबाट

Logo