सरकारले न्यायालयको हुर्मत लियो -ओली

सरकारले न्यायालयको हुर्मत लियो -ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाएका छन् ।

एमाले ललितपुरको नेपाल संवाद र तिहारको शुभकामन दिन शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वइच्छाचारी व्यवहार देखाएको बताएका हुन् । अहिलेका जस्तो अवस्था पञ्चायत कालमा समेत नभएको उनले दाबी गरे । 

कार्यक्रममा अध्यक्ष ओलीले प्रधानन्यायाधीशलाई घरमा थुनेको मात्रै होइन उनका छोरी बुहारी र भतिजीहरुलाई समेत घरबाट निस्कन नदिएको र निस्किए हिरासतमा लिने गरेको आरोप लगाए । उनले भने, ‘यी सबै व्यवस्थाको अत्यका लागि ४ मंसिरको निर्वाचनबाट स्थायित्व दिने सरकार चयन हुनुपर्छ । देश हार्ने या जित्ने यही दिन निर्णय हुन्छ ।’

उनले यो निर्वाचन सार्थक निर्वाचन हुने विश्वास व्यक्त गरे । उनले कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुलाई पनि स्वागत गरेका छन् । 

Skip This
Skip This
Logo