विरोध सभा : प्रचण्ड-नेपाल समूहले आज राजधानीमा एक लाख कार्यकर्ता उतार्ने

विरोध सभा : प्रचण्ड-नेपाल समूहले आज राजधानीमा एक लाख कार्यकर्ता उतार्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले आज प्रतिनिधिसभा विघटनको विरुद्दमा काठमाडौंमा विरोध सभाको आयोजना गरेको छ । सो संगठनले आजको विरोध सभामा एक लाख कार्यकर्ता उतार्ने जनाएको छ । यसका लागि देशभरका कार्यकर्ता काठमाडौं आउने भएका छन् ।

बिहिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय संघर्ष समितिका सहसंयोजक तथा प्रवक्ता योगेश भट्टराईले आज गरिने विरोध सभाको तयारी पूरा भएको जानकारी दिए । उनले पार्टीको स्थायी कमिटी सदस्यसहितका नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, वाल्मिकी क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने बताएका छन् ।

त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएको जुलुश रत्नपार्कमा जम्मा भई मुख्य जुलुशमा परिणत हुने उनले जानकारी दिए । मुख्य जुलुश पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने नेता भट्टराईले जानकारी दिए। विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ।

सहसंयोजक भट्टराईले विरोध प्रदर्शन तथा सभा शान्तिपूर्ण हुने बताए । नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने बताए ।

संयोजक श्रेष्ठले संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भूमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने दाबी गरे।

Logo