सत्तारुढ पाँचदलीय गठबन्धनले केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ ।
शुक्रबार गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक संयुक्त विज्ञप्ति जारी गर्दै केही स्थानहरुमा मित्रवत् प्रतिस्पर्धा गर्नेगरी बाँकी ठाउँमा साझा उम्मेदवार तय गरिएको जानकारी दिएका हुन् ।
साथै शीर्ष नेताहरूले केही स्थानमा देखिएको विवाद छिट्टै समाधान गर्ने पनि बताएका छन् ।
‘आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुका उम्मेदवारलाई बिजयी गराउन सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछौं। साथै केही स्थानहरुमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्याउन प्रतिवद्धता व्यक्त गर्दछौं । साथै गठबन्धनका सहमतीका उम्मेदवारहरुको सूचि सार्वजनिक गरिएको छ । केही स्थानहरुमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी तय गरिएको छ ति स्थानहरुमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ ।’ विज्ञप्तिमा भनिएको छ।





























प्रतिक्रिया