नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन् ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा -३ बाट उम्मेदवारी दिएका लिङ्देनका लागि अध्यक्ष ओलीले भोट मागेका हुन् ।
शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमालेको इज्जतका लागि भए पनि झापा -३ बाट लिङ्देनलाई विजयी गराउनुपर्ने बताए । देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्न पर्ने बताएका उनले विशेषगरी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुपर्ने बताए ।
आफ्ना नेता कार्यकर्तालाई एमालेले समर्थन गरेका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै भोट दिन निर्देशन दिएका उनले यसपटक राप्रपा राष्ट्रिय पार्टी बन्नेसमेत दाबी गरे ।
लिङदेनले कहिल्यै देशहित विरुद्धमा नबोलेको र देशकाविरुद्ध बेइमानी नगरेको अध्यक्ष ओलीको भनाइ छ । ‘उहाँ सधैँ देश र राष्ट्रियताको पक्षमा उभिनुभयो । त्यसैले यहाँका जनताले उहाँलाई रोज्नुहुनेछ,’ उनले भने । ओली र लिङ्देन दुवैको गृहजिल्ला झापामा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ ।





























प्रतिक्रिया