वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना गर्छौं -महामन्त्री शर्मा

वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना गर्छौं -महामन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशीताको अनुहारलाई समावेश गरिएको बताएका छन् । 

शनिवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजकि कार्यक्रममा बोल्दै महामन्त्री शर्माले काँग्रेसको घोषणापत्रमा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतीको आधारलाई विशेष जोड दिएको बताएका हुन् । उनले घोषणापत्र लेख्ने क्रममा विज्ञहरुसहित बसेर लेखेको भन्दै घोषणापत्रमा नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्व गराएको बताए । 

महामन्त्री शर्माले संविधानलाई रक्षा गर्ने र समाजले खोजेको सुव्यवस्थाका कुरालाई पनि समावेश गरेको उल्लेख गरे । 

उनले भने, ‘घोषणापत्रमा नेपाली समाजको जुन विविधता हो, हिमाल, पहाड, तराईको वा समावेशीताको अनुहार हो, त्यसको प्रतिनिधित्व भएको छ । हामीले मानिसलाई केन्द्रमा राखेका छौँ, समग्र समृद्धिका संरचनाले मान्छेलाई सम्बोधन गर्छ की गर्दैन भन्नेकुरालाई हामीले केन्द्रमा राखेका छौँ । हामीले संविधानलाई रक्षा गर्ने र समाजले खोजेको सुव्यवस्थाका कुरालाई पनि समावेश गरेका छौँ, महामन्त्री शर्माले घोषणापत्रमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सम्मानित सर्वोच्च अदालतले गरेको फैसलालाई केन्द्रमा राखेर राजनीतिक दलहरुबीचमा हुने द्वन्द्वको आधारमा संसदलाई मेट्न गर्ने भन्ने जुन पद्धति र प्रवृत्ति गएको संसदको बेलामा देखियो हामी त्यसबाट मुक्त रहेर संसद भित्रै विकल्प रहँदा रहँदासम्म विघटनमा नजाने भन्ने संविधान र सर्वोच्च अदालतको जुन स्पिरिट रह्यो, त्यसको जगमा हामी प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँ, की यो संसदलाई स्थिरताका साथ ५ वर्ष कायम राख्नेछाैं ।’
 
महामन्त्री शर्माले आगामी निर्वाचनपछि नेपाली काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरे । साथै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनः संरचना गर्ने, पुँजीगत बजेट कसरी खर्च गर्ने र ठूला पूर्वाधारको निर्माणमा नेपाल २४ सै घण्टा जागा छ भन्ने कुरा पनि घोषणापत्रमा रहेको उल्लेख गरे । उनले वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना र ५ वर्षमा १२ लाख भन्दा बढी रोजगारी सिर्जना गरेर जाने प्रतिवद्धता व्यक्त गरे  । 

उनले भने, ‘आगामी निर्वाचनपछि नेपाली काँग्रेस पहिलो पार्टी बन्छ । देशलाई अघि लिएर जाने क्रममा भ्रष्टाचार कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा पनि पृथक संकल्पका साथ आएका छौँ । थप कानूनी बन्दोबस्त र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनः संरचना गर्नुपर्छ भन्नेकुरा घोषणापत्रमा राखेका छौँ । पुँजीगत बजेटसम्म खर्च हुन नसकेर हामीलाई पीर परेको कुरालाई अन्त्य गर्नको लागि थप कानूनी बन्दोबस्तसँगै निर्माणका कार्यहरु अघि बढाउन नेपाल साँझ परेपछि पनि निर्माणको जगतमा काम गर्छ भन्नको लागि तीन खण्डमा ठूला पूर्वाधारको निर्माणमा संलग्न हुने संकल्प लिएका छौँ । वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना र ५ वर्षमा १२ लाख भन्दा बढी रोजगारी सिर्जना गरेर जान्छौँ भनेर संकल्प गरेका छौँ ।’
 

Skip This
Skip This
Logo