नेकपा सचिवालय बैठक भोलि बस्दै

नेकपा सचिवालय बैठक भोलि बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै स्थगित हुँदै आएको सचिवालय बैठक भोलि (सोमबार) बस्न लागेको हो ।

पार्टीमा जारी विवाद हल गर्नका लागि कार्यदल गठनसँगै नेकपामा सचिवालय बैठक बोलाउन माग गरिएको थियो । शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक राख्नुपर्ने माग गरेका थिए ।

शीर्ष नेताहरुको माग अनुसार सोमबार बिहानका लागि सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठकले नवगठित कार्यदललाई औपचारिकता दिनेछ ।

Logo