म राजनीतिक परिवर्तनको औचित्य सिद्ध गर्न गोरखा आएको हुँ -अध्यक्ष दाहाल

म राजनीतिक परिवर्तनको औचित्य सिद्ध गर्न गोरखा आएको हुँ -अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  गोरखा आउन पाएकोमा आफुले गौरवान्वित महशुस गरेको बताएका छन् । 

आइतबार बिहान गोरखाको भच्चेकमा आयोजित कार्यक्रममा मतदाताहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘निर्वाचनमा सहभागी हुँदै गर्दा सायद अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि यो निर्वाचन सबभन्दा सहज ठानेको छु’, उनले भने, ‘यहाँ आउँदा रिल्याक्स फिल गरेको छु, यस्तो निर्वाचन पहिलो पटक हुँदैछ ।’

उनले एउटा निश्चित सपना बोकेर आफु गोरखा आएको पनि बताए । राजनीतिक परिवर्तन र क्रान्ति धेरै भएपनि जनताको जीवनमा परिवर्तन, सुशासन र विकासले गति नलिँदा परिवर्तनको औचित्य सिद्ध गर्ने प्रयास भनेजसरी नभएको भन्दै उनले सोही कारण आफु आएको बताए ।

‘म गोरखा आउनुको उद्देश्य या मक्सद भनेको गोरखा हरेक दृष्टिकोणले, ऐतिहासिक, भौगोलिक, पछिल्लो हाम्रो आन्दोलनको दृष्टिकोणले पनि महत्वपुर्ण जिल्लाभित्र पर्दछ’, उनले भने, ‘यहाँ आउँदै गर्दा गठबन्धनभित्र पनि दरिलो एकता भएको छ । सुशासन र विकासको सानो सपना बोकेर होइन, राजनीतिक परिवर्तनको औचित्य सिद्ध गर्ने गरी आएको छु ।’

Skip This
Skip This
Logo