पूर्व मन्त्री दीपक बोहोराले उद्योगी व्यवसायीको संरक्षण र प्रवर्द्धन नगरेसम्म देश समृद्ध नहुने बताएका छन् । सरकारकै नीतिमा चल्ने उद्योग व्यवसाय सरकार नै उनीहरूको विरुद्धमा चलेकोले अहिले देशमा संकट आइपरेको उनले बताएका हुन् ।
बैंकले जथाभावी व्याज बढाउनु, अतिआवश्यक बस्तुहरुको आयातमा कडाई गर्नु, स्वदेशी उत्पादनलाई बढावा दिनुको साटो सरकार नै चोरी तस्करी गाराउनमा प्रोत्साहन गरेको र सञ्चालनमा रहेको उद्योगहरू पनि बन्द गर्ने अवस्थामा सरकारले नै पुर्याएकोले उद्योग व्यवसायीहरुको धरासायी हुदै गएको उनकाे भनाइ छ ।
निजी क्षेत्र तथा संघ संस्थाहरुसँगको छलफलमा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वारसमेत रहेका बोहोराले देश विकासमा र समृद्ध नेपालकोलागि मेरुदन्ड जस्तै उद्योग धन्दा रहेको बताए । बैंकहरूले आफुखुसी बढाएको ब्याजदर तत्काल सिङ्गल डिजिटमा नघटाए मुलुक आर्थिक संकटमा फस्ने उनले चेतावनी दिए ।





























प्रतिक्रिया