काँग्रेसद्वारा बाढीपहिरो नियन्त्रणमा सरकार गम्भीर नबनेको आरोप

काँग्रेसद्वारा बाढीपहिरो नियन्त्रणमा सरकार गम्भीर नबनेको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा शुक्रबार गएको पहिरोमा स्थानीयले ज्यान गुमाउनुमा दोषी सरकार कि पहिरो भन्दै कांग्रेसले प्रश्न गरेको छ ।

कांग्रेसले पटक पटक पहिरोको जोखिमबारे स्थानीयले राज्यका निकायसँग बस्ती सारिदिन आग्रह गरेको तर सरकारले सुनुवाइ नगरेको भन्दै लिदी पहिरोमा नागरिकले ज्यान गुमाउनुको कारणमा सरकार पनि उत्तिकै दोषी रहेको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारसँग प्रश्न गरेका छन्, जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदीबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो ?

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणको बढ्दो आक्रमकता र देशका विभिन्न स्थानमा बढ्दो बाढीपहिरोको क्षतिप्रति गम्भीर तदारुकता साथ कार्य गर्न तीनै तहका सरकारलाई अपिल गरेको छ ।

विज्ञप्तिमार्फत सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा शुक्रबार गएको पहिरोको घटनाका सम्बन्धमा प्रश्न उठाउँदै सो स्थानका जनताका समस्या समयमै राज्यका निकायले सुनुवाइ नगर्नु गम्भीर लापरवाही भएको आरोप लगाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जुगल गापाको–२ का लिदी, नाम्फा, सानोनाम्फा, निम्लुङ, संचगाउँ आदि बस्तीका जनताले पहिरोको जोखिम बुझेर करिब १० दिन अघि सरकार गुहारेर निवेदन दिए पनि सो बारेमा ठोस पहल नभएको आरोप लगाए ।

उनले पहिरोमा ज्यान गुमाएकाहरुले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहारेको तर राज्यको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा सारेर तिनीहरुलाई जोगाउने दायित्व निर्वाह नगर्नु अक्षम्य गल्ती भएको बताए । “प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामर्थ्य सरकारसँग निश्चय नै हुन्न तर जोखिमको पूर्वसूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको थियो”, विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती यस्तो छ :

Logo