प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण आफू प्रधानमन्त्री हुनु परेको बताएका छन् ।
बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ओलीबाट संविधान जोखिममा परेको भन्दै संविधानको रक्षा गर्न गठबन्धन निर्माण भएको बताएका हुन् ।
आफ्नो इच्छा नभए पनि सबैको आग्रहमा प्रधानमन्त्री बनेको उनले बताए । प्रधानमन्त्री भएको बेला ओलीले राष्ट्रपतिलाई रातिको २ बजे उठाएर संसद भंग गरेको देउवाले आरोप लगाए ।
संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने आफ्नो इच्छा रहेको उनको भनाइ छ । ‘राजनीतिक पद्धति र विकासलाई संस्थागत रूपमा विकास गर्न देशमा बलियो गठबन्धन आवश्यक छ,’ प्रधानमन्त्री उेउवाले भने, ‘अहिलेको शत्ता गठबन्धन त्यही मर्मअनुसार बनेको हुँदा यो गठबन्धन लामो सयक सम्म टिक्ने छ ।’





























प्रतिक्रिया