नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नं.४ (ख) प्रदेशसभा सदस्यका उम्मेदवार भीम पराजुलीले विकास र समृद्धि आफ्नो पहिलो लक्ष्य रहेको बताएका छन् ।
आइतबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका पराजुलीले विकास र समृद्धिका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । उनले भने ‘विकास र समृद्धि गर्ने उम्मेदवार आजको आवश्यकता हो । यो नै हाम्रो पहिलो लक्ष्य हो । मतदान गरेर जिताउनुहोस् सोचेको सपना हामी पुरा गर्छौं ।’
आफू नेतृत्वमा रहँदा विकास र समृद्धिका लागि काम गर्दै आएको स्मरण गराउँदै उम्मेदवार पराजुलीले एकपटक गठबन्धनका उम्मेदवार जिताउन आग्रह पनि गरेका छन् । विराटनगर महानगरपालिकाका निवर्तमान मेयरसमेत रहेका उनी कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् ।































प्रतिक्रिया