राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान

राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्ड प्रस्थान गरेकी छन् । १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार साँझ उनी कतार एयरवेजको जहाजमार्फत आइसल्याण्डको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी हुन् ।  

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा रहनेछिन् । कोरोना महामारीपछि उनको याे पहिलो विदेश भ्रमण हो।

राष्ट्रपति भण्डारीको बिदाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत पुगेका थिए । राष्ट्रपति आइसल्याण्ड प्रस्थानअघि उनलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ । त्यस भ्रमणमा राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने  परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि उनी कतार एयरवेजबाट नै कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कनेछिन् ।

Skip This
Skip This
Logo