जनताको मतले गठबन्धन भत्किने एमाले उपाध्यक्ष ज्ञवालीको दाबी

जनताको मतले गठबन्धन भत्किने एमाले उपाध्यक्ष ज्ञवालीको दाबी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ४ मंसिरपछि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन भत्किने दाबी गरेका छन् ।

दाङको श्रीनारायण चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले पाँच दलीय गठबन्धन चुनावी परिणामसँगै समाप्त हुने दाबी गरेका हुन् । त्यसपछि एमाले नेतृत्वको सरकार बन्ने उनको भनाइ छ । ‘नेताको टाउको जोडिँदैमा गठबन्धन हुँदैन । यो गठबन्धन जनताको मतले भत्किँदै छ,' उनले भने ।

देश र राष्ट्रियता बचाउन एमालेको नेतृत्व चाहिने उपाध्यक्ष ज्ञवालीले बताए । वर्तमान गठबन्धन अग्रगामी नभएको उनको आरोप थियो । 

Logo